IME Life New

इकोनोमिक मिडिया सोसाइटी नेपालसँग सहकार्य गर्न मन्त्रालय सधै तयार: अर्थमन्त्री पौडेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेको छ । इम्सन कार्यसमितिसहितको टोलीले अर्थमन्त्री पौडेललाई सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेटेर मङ्गलबार बधाई तथा शुभकामना दिएको हो ।
भेटमा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्रको क्षेत्रमा सकारात्मक सुधारका लागि इम्सनसँग सधै सहकार्य गर्न तयार रहेको बताए । उनले भने,“मैले तपाईंहरूलाई सधै सम्वाद र सहकार्यमा रहनुपर्छ । कतिपय यस्ता विषय हुन्छन् जसले मिडिया मार्फत उद्घाटित गरिदिनुहुन्छ । हाम्रो ध्यान नपुगेको पनि हुन सक्छ । हामीले सानोलाई ठुलो र ठुलोलाई सानो देखिरहेका हुन्छौँ । तपाईंहरूले यस्ता विषयमा सचेत गराउनुभयो भने सरकारलाई सहयोग पुग्छ ।”

उनले आर्थिक मिडियाहरू सङ्गठित भएर काम गरिरहेकोप्रति खुशी व्यक्त गरे । उनले भने,“ भन्नका लागि मात्रै चौथो अङ्ग नभएर वास्तविक रुपमै मिडियाले भूमिका खेलेन भने राज्य स्वेच्छाचारी हुन्छ । निरङ्कुश हुन्छ । अनियमितता र वेथितिहरू बढ्छ ।” उनले अर्थतन्त्रमा के भइरहेको छ भनेर भनेर मिडिया मार्फत उद्घाटित हुने भन्दै त्यो आफ्ना लागि सल्लाह सुझावसरह भएको बताए ।

Esewa
Crest

सरकार र मिडिया दुबैले जवाफदेही ढङ्गले काम गर्दा सकारात्मक नतिजा आउने अर्थमन्त्री पौडेलको भनाई थियो । उनले भने,“सरकार र मिडिया दुबैले जवाफदेही ढङ्गले काम गर्दा मिडियाको काम प्रभावकारी हुन सक्छ । मन्त्रीको भूमिका प्रभावकारी हुनसक्छ । त्यसैले जवाफदेहीपूर्ण ढङ्गले काम गरेर सरकारात्मक सन्देश दिनुपर्छ ।” अर्थमन्त्रीका हैसियतमा आफूले गर्ने कामहरूमा कामी नहोस् भन्ने विषयमा सचेत रहेको भन्दै अर्थमन्त्री पौडेलले भने,“देशले जे अपेक्षा गरेको छ, जनताले जे अपेक्षा गरेको छ त्यसै अनुसार अलिकित भए पनि काम गर्न सकियोस् भन्ने हुन्छ । त्यस अुनसार हामी (अर्थमन्त्रालय र इम्सन) एउटा सिक्को दुइ पाटो होइन एउटै सिक्का भएर सहकार्य गर्नुपर्छ ।”

भेटमा इम्सनका अध्यक्ष रामराजा श्रेष्ठले मुलुकको नवनियुक्त अर्थमन्त्रीबाट अर्थतन्त्रले ठुलो अपेक्षा गरेको भन्दै देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले विज्ञापन वितरणमा समेत समस्या देखिएको भन्दै यसलाई समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने,“ यहाँ अर्थमन्त्री बनेपछि पुँजीबजारमा एकखालको सुधार देखिएको छ । अर्थतन्त्रका अन्य क्षेत्र पनि चलायमान हुने विश्वास छ । यहाँको कार्यकालमा यो विश्वास कायम रहोस् । ”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS