IME Life New

आर्थिक वर्ष सकिन लाग्दा पनि जीवन बीमा कम्पनीको साधारणसभा गर्ने अत्तोपत्तो छैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ अवको तीन दिन भित्रमा सकिदैछ । पब्लिक कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा साधारणसभा सम्पन्न गर्नु पर्छ । तर अहिलेसम्ममा एउटा जीवन बीमा कम्पनीहरुले पनि गत आर्थिक वर्ष २०७६/७७ को साधारणसभा आयोजना गर्न सकेका छैनन् ।

अझ ५ कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ कै साधारणसभा सम्पन्न गर्न सकेका छैनन् । एशियन लाइफ इन्स्योरेन्स, मेट लाइफ, गुराँस लाइफ, राष्ट्रिय बीमा संस्था र सन नेपाल लाइफले साधारणसभा गर्न नसकेका हुन् । राष्ट्रिय बीमा संस्थानको एक दशक भन्दा लामो समयदेखि लेखापरिक्षण हुन सकेको छैन ।

Esewa
Crest

बीमा समितिले कम्पनीहरुलाई कडाइ गर्न नसक्दा यस्तो अवस्था सिर्जना भएको हो । समितिले लेखापरिक्षणमा सहजिकरण गर्न नसक्दा साधारणसभामा ढिलाइ भएको कतिपय कम्पनीहरु बताउछन् । कोभिड १९ का कारण एक्चुरीले भ्यालुएसनमा ढिलाइ गर्दा लेखापरिक्षण गर्न नसकेको बहाना बनाउदै गर्दा पनि आर्थिक वर्ष सकिएको एक वर्षमा पनि साधारणसभा गर्न नसक्नुले कम्पनीहरुको सक्षमता प्रति प्रश्न चिन्ह खडा भएको छ ।

एक्चुरीका कारण साधारणसभामा ६/७ महिन ढिला हुनुलाई स्वभाविक मानिएता पनि विगत दुई आर्थिक वर्षको साधारणसभा हुन नसक्नु कम्पनीको कम्जोरी भएको समितिको ठहर छ । छिटो साधारणसभा सम्पन्न गर भन्दा पनि कम्पनीहरुले अटेर गरेको समितिको भनाइ रहेको छ ।

राष्ट्रिय बीमा संस्थानको आन्तरिक लफडाका कारण विगत १० वर्ष भन्दा लामो समयदेखि साधारणसभा हुन सकेको छैन । लेखापरिक्षणका लागि बीमा समितिले सक्दो लचकता अपनाउदा पनि संस्थाले आवस्यक कागजपत्र जुटाउन नसक्दा लेखापरिक्षण तयार पार्न नसकेको हो । केहि समय अगाडि अर्थमन्त्रालयले बोलाएरै संस्थालाई छिटो भन्दा छिटो लेखापरिक्षण तयार पारि विवाद टुङ्गाउन निर्देशन दिएको थियो । संस्थानले अवको केहि समय भित्रै सम्पुर्ण लेखापरिक्षण सम्पन्न हुने बताएको पनि दुई तीन वर्ष वितिसकेको छ ।

बीमा समितिले गत वर्षदेखि फ्युचुअल बोनसका लागि सतप्रतिशत प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था लागु गर्दा कम्पनीहरु अलमलमा थिए । तर समितिले अवको ५ वर्ष भित्र फ्युचर बोनसको प्रोभिजनिङ गर्ने स्पष्ट कार्यदिशा माग गरेको छ । एकै वर्षमा सत प्रतिशत प्रोभिजनिङ गर्दा बोनसदर ह्वात्तै घट्ने भन्दै समितिले अवको ५ वर्ष भित्रमा १०० प्रतिशत प्रोभिजनिङ गरे हुने भन्दै निर्देशन पनि दिइसकेको छ । केहि समय अगाडि यहि मुद्दालाई कारण देखाउदै साधारणसभा गर्न ढिलाइ भएको बताउने बीमा कम्पनी यो निर्देशिका आएको दुई महिना वित्न लाग्दा पनि साधारणसभा गर्ने अत्तोपत्तो छैन ।

साधारणसभा समयमा नहुँदा कतिपय राम्रा बीमा कम्पनीहरु पनि नेप्सेको सेन्सेटिभ इन्डेक्समा अटाउन सकेका छैनन् । यदि नियम अनुसार सधारणसभा हुन सकेन भने ति कम्पनीको सुशासनलाई लिएर संका गर्ने गरिन्छ । अर्को तर्फ समयमा साधारणसभा हुन नसक्दा शेयरधनीहरुले लाभांस पाउन सक्दैनन् । त्यस्तै बीमितले प्राप्त गर्न बोनसदरको पनि निर्धारण हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS