IME Life New

आय विवरण पेस गर्ने म्याद थपको व्यवस्थामा परिमार्जन, अब यी कारोबारीको नथपिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक राजस्व विभागले केही कारोबारीको आय विवरण पेस गर्ने म्याद थप नहुने व्यवस्था गरेको छ।

विभागको असोज ४ गतेको निर्णयबमोजिम यस्तो व्यवस्था गरिएको हो। विभागले आयकर ऐन २०५८ को दफा ९८ मा गरिएको आय विवरण दाखिला गर्न थप म्यादको व्यवस्थामा परिमार्जन गरेको हो। विभागले ऐनको दफा ९८ मा आय विवरण दाखिला गर्न एकैपटक वा पटक–पटक गरी बढीमा ३ महिनासम्म म्याद थप गर्न सक्ने छ भन्ने व्यवस्था गरेको छ।

Esewa
Crest

अब वार्षिक १ करोडसम्मको कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायहरुका सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने निर्णय विभागले गरेको छ।

वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार भएका निकाय र अन्य करदाताहरुका सम्बन्धमा मंसिर मसान्तसम्म मात्र म्याद थप हुने व्यवस्था विभागले गरेको छ।

यसैगरी वार्षिक २५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताका सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद पुस २० गतेसम्म मात्र थप हुने विभागले निर्णय गरेको छ।

आयकर ऐनको दफा ९७ मा प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको ३ महिनाभित्र उक्त वर्षको आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नुपर्छ भन्ने व्यवस्था गरेको छ।

यो व्यवस्थाअनुसार असोज मसान्तभित्र अघिल्लो आर्थिक वर्षको आय विवरण बुझाउनुपर्छ। तर, सोही ऐनको दफा ९८ मा करदाताले म्याद थपको निवेदन दिए मनासिव माफिकको कारण भए विभागले बढी ३ महिनासम्म अर्थात पुस मसान्तसम्म म्याद थप गरिदिन सक्ने व्यवस्था गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS