IME Life New

आय विवरण दाखिला गर्ने म्याद थप, अब पुस मसान्तसम्म पेस गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक राजस्व विभागले आय विवरण दाखिला गर्ने म्याद थप गरिदिएको छ।

विभागले एक सूचना जारी गर्दै मंसिर २३ गतेको निर्णयबमोजिम १ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताले आर्थिक वर्ष २०८०।८१ को आय विवरण पेस गर्ने म्याद थप गर्न माग गरेमा विभागको इन्ट्रिगेटेड ट्याक्स सिस्टम र स्वतः २०८१ पुस मसान्तसम्म म्याद थप हुने व्यवस्था गरिएको जानकारी गराएको हो।

Esewa
Crest

यसअघि विभागको असोज ४ गतेको निर्णयअनुसार वार्षिक २५ करोडसम्म कारोबार गर्ने करदाता र कारोबार भएका निकायहरुका सम्बन्धमा मंसिर मसान्तसम्म र २५ करोडभन्दा बढी कारोबार गर्ने करदाताहरुको सम्बन्धमा पुस २० गतेसम्म आय विवरण पेस गर्न पाउने भनी म्याद थप गरेको थियो।

निजी क्षेत्रका विभिन्न व्यावसायिक र व्यापारिक छाता संगठनहरु तथा करदाताहरुबाट समेत आय विवरण पेस गर्ने म्याद पुस मसान्तसम्म कायम गरिदिन विभागसमक्ष आग्रह भएको थियो। सोही आग्रहलाई मनन गर्दै विभागले पुस मसान्तसम्म आय विवरण पेस गर्ने म्याद थप गरिदिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS