IME Life New

आयल निगमको कार्यकारी निर्देशकमा १४ जनाको पर्यो आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाको आवेदन परेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते सूचना जारी गर्दै आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो। आइतबारसम्मको म्यादमा विभिन्न क्षेत्रमा काम गरेका १४ जनाले दरखास्त पेस गरेका हुन्।

Esewa
Crest

मन्त्रालयका अनुसार मोरङका पंकजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरीले दरखास्त दिएका छन्। त्यस्तै काठमाडौँका दिलीपशेखर श्रेष्ठ, उत्तरकुमार रेग्मी र काठमाडौँका सहदेव चन्दले पनि आवेदन दिएका छन्।

मन्त्रालयका अनुसार गोरखाका चण्डिकाप्रसाद भट्ट, दाङका वसन्तकुमार पाण्डे, बागलुङका डोलिन्द्रप्रसाद शर्मा, ललितपुरका शत्रुध्नप्रसाद पुडासैनी, महोत्तरीका कमलेन्द्रलाल कर्ण, चितवनका डा. डोलप्रसाद चापागाईँ, धनुषाका रामदेव यादव र सप्तरीका सञ्जीवकुमार श्रेष्ठले पनि दरखास्त पेस गरेका छन्।

प्राप्त आवेदनहरुको अध्ययन गरी वाणिज्य तथा आपूर्ति सचिवको नेतृत्वको छनौट समितिले उम्मेदवार चयन गर्नेछ। समितिले अन्तर्वार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणपछि अन्तिममा तीनजनाको नाम मन्त्रिपरिषदमा पेस गर्नेछ। तीमध्ये एकजनालाई कार्यकारी निर्देशकको पदमा मन्त्रिपरिषद् बैठकबाट नियुक्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS