IME Life New

आम्दानी घट्दा हिमालयन डिस्टिलरीको नाफा प्रभावित, ईपीएसमा पनि संकुचन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिस्टिलरीले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले ३५ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०७९।८० मा कम्पनीले ६६ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा ४६.५५ प्रतिशतले घटेको छ।

Esewa
Crest

समीक्षा वर्षमा कम्पनीको सञ्चालन मुनाफा पनि घटेर ५३ करोड ३ लाख रुपैयाँ खुम्चिएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ९४ करोड ९० लाख रुपैयाँ भएको थियो।

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी पनि २६.५२ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ५ अर्ब ६५ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा वर्षमा घटेर ४ अर्ब १५ करोड ५२ लाख रुपैयाँमा झरेको छ।

नाफा र आम्दानी घट्दाको प्रभाव कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस)मा परेको छ। कम्पनीको ईपीएस २४.७२ रुपैयाँबाट घटेर १३.२१ रुपैयाँमा खुम्चिएको छ। पीई रेसियो १०४.७७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२५.१० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS