IME Life New

आम्दानी घट्दा रिडी पावर घाटामा, जगेडा कोष पनि ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिडी पावर कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा वर्षमा २२ करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि कम्पनीले ४ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

कम्पनीको विभिन्न जलविद्युत आयोजनाको विद्युत बिक्रीबाट हुने आम्दानी ३० करोड ८४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष कम्पनीको आम्दानी ३७ करोड १२ लाख रुपैयाँ थियो। विद्युत बिक्रीबाट हुने आम्दानी १६.९० प्रतिशतले घटेको छ।

चुक्तापुँजी २ अर्ब ३२ करोड रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियममा ५ करोड ९२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष २५ करोड ५२ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ९.९९ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९४.४४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS