IME Life New

आन्दोलनरत पशु, कृषि प्राविधिक र सरकारबीच सहमति, आन्दोलन स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्दोलनर पशु, कृषि प्राविधिक र नेपाल सरकारबीच सहमति भएको छ । मंगलबार भएको वार्तामा पशु, कृषि प्राविधिक र कृषि तथा पशुपन्क्ष विकास मन्त्रालयको वार्ता टोलीबीच भएको छलफल पछि चार बुँदे सहमति भएको हो । कृषि तथा पशुपंक्षि मन्त्री चक्रपाणी खनाल (बलदेव) को विशेष पहलमा सोमबार सुरु भएको वार्ता मंगलबार टुंगिएको हो ।

चार बुँदे सहमतिमा तत्कालका लागि खारेज गरिएको पशु, कृषि प्राविधिक पद पुनस्थापना गर्न सिफारिस गर्ने, रोकिएको तलब भत्ता तत्कालै उपलब्ध गराउने र उनीहरुको म्याद आगामी असार मसान्तसम्म थप गर्न नेपाल सरकार र आन्दोलनरत पक्ष दुवैले सहमति जनाएका छन् ।

Esewa
Crest

सहमति पत्रमा एक गाउँ एक प्राविधिक व्यवस्था गर्न मन्त्रालयले विगतको समीक्षा सहित प्रतिवेदन तयार गरी अर्थमन्त्रालय तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने सहमति पत्रमा उल्लेख छ ।

वार्तामा आन्दोलनकारीको तर्फबाट मन बहादुर रावल, पाराभेटनरी लाईभस्टकका रामप्रसाद महतो, कृषि प्राविधिक एशोसिएशनका देवराज गौली र सरकारी वार्ता टोलीको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव रघुराम बिष्ट, बरिष्ठ पशु चिकित्सक डा. बरुण कुमार शर्मा, बरिष्ठ कृष अर्थ विज्ञ लाल कुमार श्रेष्ठ, बाली संरक्षण अधिकृत सुरेन्द्र सुवेदी, मन्त्रालयकै शाखा अधिकृत नवराज गौतम, पशुविकास अधिकृत अर्जुन पौडेलको सहभागिता थियो ।

सहमतिसँगै आन्दोलनकारीहरुले मंगलबार नै माइतीघर मण्डलामा कोणसभा गरेर आन्दोलन टुंगिएको औपचारिक घोषणा गरेका छन् । आन्दोलनकारी मध्ये कृषि प्राविधिकहरुले बाली बीमा अनिवार्य गर्नुपर्ने माग अघि सार्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS