IME Life New

आदर्श लघुवित्तको आइपीओ भोलि बाँडफाँड हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपीओ भोलि सोमबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले सोमबार बिहान ९ बजे क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड गर्ने जनाएको छ । कम्पनीको आइओमा माग भन्दा ३२१ गुणा बढीको आवेदन परेको छ । आइपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा १७ लाख ९६ हजार ६ सय ८४ जना आवेदकबाट २ करोड १ लाख ४२ हजार ६ सय १० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिए भन्दा ३२१.६८ गुणा बढी हो ।

सर्वसाधारणमा निष्काशन गरेको कुल ६७ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्र सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

Esewa
Crest

कम्पनीले आइपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था थियो। यस आइपीओ निष्काशन तथा विक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS