IME Life New

आठ दिनमै नेप्सेले गुमायो ३०० अंक, कति घट्यो लगानीकर्ताको सम्पत्ति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत साउन ३१ गते शेयर बजारमा दैनिक कारोबारले नयाँ रेकर्ड बनाएको थियो। यो दिन बजारमा २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। जुन नेपालको इतिहासमै उच्च हो।

गत साउन ३१ गते बजार पनि बढेर ३०००.८१ हजारको विन्दु नाघेको थियो। त्यसपछि भने बजार फेरि ओरालो लागिरहेको छ।

Esewa
Crest

आज बजार ५३.६३ अंकले घटेर २६९५.९३ को विन्दुमा झरेको छ। कारोबार पनि साढे १० अर्ब रुपैयाँमा खुम्चिएको छ। गत साउन ३१ गतेको तुलनामा नेप्से परिसूचक १०.१६ प्रतिशतले घटेको छ। अर्थात बजारले ३०४.८८ अंक गुमाइसकेको छ।

पछिल्लो ८ कारोबार दिनमा ३०० भन्दा बढी अंक गुमाएको नेप्सेको फ्लोट मार्केट क्यापिटलाइजेसन आज घटेर १५ खर्ब ८ अर्ब ३९ करोड २२ लाख रुपैयाँमा झरेको छ। गत साउन ३१ गते फ्लोट मार्केट क्यापिटलाइजेसन १६ खर्ब ८० अर्ब १६ करोड १९ लाख रुपैयाँ थियो। यस हिसाबले लगानीकर्ताको सम्पत्ति १ खर्ब ७१ अर्ब ७६ करोड ९७ लाख रुपैयाँ गुमाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS