IME Life New

आज ३ हाइड्रोपावर कम्पनीको साधारणसभा हुँदै, के-के छन् एजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माथिल्लो मैलुङ खोला, नेपाल हाइड्रो डेभलोपर र लिवर्टी इनर्जी कम्पनी लिमिटेडले आज साधारण सभा गर्दैछ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले एघारौं वार्षिक साधारणसभा आज पुस २५ गते बोलाएको छ। सूचनामा कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन। सभाले अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि कम्पनी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने जनाएको छ।

त्यस्तै, नेपाल हाइड्रो डेभलोपर लिमिटेडले आज पुस २५ गते आफ्नो १८ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौँमा बस्ने जनाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Esewa
Crest

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ८ गते बुकक्लोज गरेको थियो । यस अनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

यता, लिवर्टी इनर्जी कम्पनी लिमिटेडले आज पुस २५ गते १५औं वार्षिक साधारणसभा गर्ने भएको छ । उक्त सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङक्वेटमा बिहान साढे १० बजे गने जनाएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले साभाको मिति तय गरेको हो ।

कम्पनीले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । सभाले गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।

सभाले अन्य जलविद्युत कम्पनीसँग मर्जर प्रक्रिया अघि बढाउन र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस ११ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा पुस ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS