IME Life New

आज ३ कम्पनीको साधारण सभा हुँदै, के-के छन् एजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज ३ कम्पनीको साधारण सभा हुँदैछ । आज सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १८ औँ वार्षिक साधारणसभा कात्तिक १२ गते गर्दैछ । सभा काठमाडौंको डिल्लीबजारस्थित अमृतभोमा बिहान ९ बजे डाकेको हो।

सभाले आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा ४ प्रतिशतले हुन आउने ५६ करोड ८० लाख ३८ हजार ९६०.२३ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड ९८ लाख ९६ हजार ७८७।३८ रुपैयाँबराबरको नगद लाभांश छन्।

Esewa
Crest

सिटिजन्स बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्न र गाभिने र प्राप्तिका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। बैकको प्रबन्धपत्रमा संशोधन, बैंकको जारी पुँजी र चुक्तापुँजी वृद्धि गर्ने सम्बन्धमा र बैंकको शेयरको किसिम सम्बन्धमा प्रस्तावित व्यवस्थाहरु सभाले पारित गर्नेछ।

सभाले नियमावली संशोधनको प्रस्ताव अनुमोदन गर्नुका साथै अग्राधिकार शेयर जारी गर्नेसम्बन्धी विशेष प्रस्ताव स्वीकृति गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ।

लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले असोज २९ गते बुक क्लोज गरेको थियो । त्यसकारण असोज २३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

त्यस्तै, युनिलिभर नेपालले ३१ औँ वार्षिक साधारणसभा आज कात्तिक १२ गते आयोजना गर्दैछ । सभा काठमाडौंको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो ४ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित गत आर्थिक वर्षको मुनाफाबाट प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश अनुमोदन गर्नेछ। सभाले चालु आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनका साथै सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नेछ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गरेको थियो । यसको मतलब असोज २८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश पाउनेछन्।

यता, आँखुखोला जलविद्युत कम्पनीले आर्थिक वर्ष २०८०।८१ को वार्षिक साधारणसभा आज कात्तिक १२ गते आयोजना गर्दैछ । सभा काठमाडौंको मैतीदेवीस्थित वैभव पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

उक्त आर्थिक वर्षका लागि कम्पनीले शेयरधनीहरुलाई केही नदिने भएको छ। कम्पनीले नगद लाभांश र बोनस शेयर प्रस्ताव गरेको छ। हकप्रद शेयर पनि प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS