IME Life New

आज सार्वजनिक बिदा दिने सरकारको निर्णय, शेयर बजार खुल्छ कि खुल्दैन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। ढुंगानाको हिजो आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो।

Esewa
Crest

सानो गौचरणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभा गरिने भएको छ। सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन्। त्यसपछि ढुंगानाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ।

सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरे पनि सरकारी तथा सार्वजनिक निकाय बन्द हुने वा नहुने अन्यौल सिर्जना भएको छ। यसले बैंक तथा बीमा कम्पनी र शेयर बजार खुल्ने वा नखुल्ने पनि द्विविधा भएको छ।

गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले अहिलेसम्म आफूलाई सार्वजनिक बिदा दिइएकोबारेमा जानकारी प्राप्त नभएको छ। सरकारले निर्णय गरेको हो भने सार्वजनिक बिदाबारे केहीबेरपछि जारी आउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS