IME Life New

आज सार्वजनिक बिदाः नेप्से, बैंक र बीमा बन्द रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज भदौ १० गते श्रीकृष्ण जन्माष्टमी परेको छ। सरकारले आज देशभर सार्वजनिक बिदा दिइएको छ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

Esewa
Crest

यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।

सार्वजनिक बिदा परेकोले आज शेयर बजार, बैंक, बीमालगायतका सार्वजनिक निकाय बन्द रहनेछन्। शेयर बजार अब भोलि मंगलबार खुल्नेछ।

हिजो शेयरमा भारी अंकको करेक्सन आएको थियो। नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ मा बन्द भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS