IME Life New

आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी कुन कुन हुन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक १३ दशमलव ०७ अंकले बढेर २,१७८ दशमलव ५७ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ र हाइड्रोपावर कम्पनी बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै माइक्रोफाइनान्स कम्पनी १ दशमलव ६८ प्रतिशतले बढेको छ ।

आज २ सय ५ वटा कम्पनीको १ करोड ५ लाख ३५ हजार २ सय १६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोडमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २१ करोड ३३ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै गुमाउनेमा नेपाल इन्भेष्टमेन्ट संस्थापक शेयरधनीले ८ प्रतिशतका दरले गुमाएका छन् । नेपाल हाइड्रो डेभलपसै, जोशी हाइड्रोपावर कम्पनी, अपी पावर कम्पनी, घलेम्दी हाइड्रोपावर कम्पनी लगायतका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS