IME Life New

आज पनि बढ्यो सुन चाँदी दुबैको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि सुनको मुल्य बढेको छ । आज बिहीबार सुन तोलामा तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार महासंघले छापावाल सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम गरेको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन तोलामा एक सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको थियो ।

Esewa
Crest

आज बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS