IME Life New

आज धनतेरस मनाइदै, यस्तो छ परम्परा र महत्व

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराइ क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ ।

त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिहरूमा आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन् । यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण  छैन तर धन्वन्तरिको प्रादुर्भाव समुद्रमन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको हो

Esewa
Crest

परम्पराअनुसार धनतेरसका दिन यमपञ्चक पनि प्रारम्भ हुन्छ, त्यसैले यस दिन साँझको समयमा यमराजको स्वागतार्थ एउटा दियो बाली घरको मूल दैलोबाहिर बाटोमा राख्ने चलन छ । यस दिन बहिनी यमुनाको निम्तो मान्न यमलोक (नरक)का सबै काम बन्द गरी यमराज पृथ्वीतलमा ओर्लन्छन् । बहिनीका घरतर्फ हिँडेका कालका देवता यमराज झुक्किएर आफ्ना घरमा नपसून् अर्थात् परिवारका कुनै सदस्यलाई शारीरिक रोगव्याधी र दुःखकष्ट नहोस् भनेर उनको प्रसन्नताका लागि त्यसरी घरबाहिर बत्ती बालिएको हो । धनतेरस र यमपञ्चक पर्वसँग सम्बन्धित विभिन्न लोकआह्वान र शास्त्रीय कथा प्रचलनमा रहेका पाइन्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS