IME Life New

आज एकैदिन डेढ खर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज उछाल आउँदा लगानीकर्ताको सम्पत्ति पनि डेढ खर्ब रुपैयाँले बढेको छ।

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ। बजार परिसूचक ९४.५३ अंकले बढ्दा २८६०.९१ को विन्दुमा बन्द भएको छ।

Esewa
Crest

भारी अंकले बढेको बजारमा आज दैनिक कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ। आज २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। जुन नेपाली शेयर बजारको इतिहासमै उच्च हो।

बजारको दह्रो बढोत्तरीसँगै नेप्सेको कुल बजार पुँजीकरण बढेर ४५ खर्ब ४१ अर्ब ३ करोड ३२ लाख रुपैयाँ पुगेको छ। गत बिहीबार बजार बन्द हुँदा कुल बजार पुँजीकरण ४३ खर्ब ९१ अर्ब ९ करोड ३२ लाख रुपैयाँ थियो। यो हिसाबले लगानीकर्ताको सम्पत्ति आज एकैदिन १ खर्ब ४९ अर्ब ९४ करोड रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS