काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले आज माघ २८ गते जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ। बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयबाट माघ २२ गते विहान ११ बजेबाट १२ः३० बजेसम्म हुने भनिएको परीक्षा माघ २१ गतेको सूचना बमोजिम स्थगित भई सो तालिम आज माघ २८ गते साढे ९ बजेदेखि १०३० बजेसम्म परीक्षा सञ्चालन गर्ने जनाएको छ ।
उक्त परीक्षामा देशभरीका परीक्षार्थीहरु समावेश हुन सक्ने जनाएको छ । बीमा ऐन २०७९ अनुसार अभिकर्ताको परीक्षा लिएर मात्र बीमा इजाजतपत्र दिने व्यवस्था भए बमोजिम परीक्षा सञ्चालन गर्न लागेको हो ।


















