IME Life New

आजसम्म शेयर किन्नेले ङादी ग्रुप पावरको हकप्रद भर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंसिर १७ गतेसम्म कायम शेयरधनीहरुले ङादी ग्रुप पावर लिमिटेडले निष्काशन गर्ने हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले भोली अर्थात मंसिर १८ गते बुकक्लोज गर्दैछ। यस अनुसार कम्पनीको हकप्रद शेयरमा आजसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमाा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा बराबरको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

Esewa
Crest

हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुग्नेछ । कम्पनीले गण्डकी प्रदेशको लमजुङ जिल्ला स्थित ४.९५ मेगावाटको सिउरीखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०६९ असोज ३० देखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS