IME Life New

आजसम्म कायम शेयरधनीले सुपर मादी हाइड्रोपावरको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज असोज १६ गते अन्तिम मौका रहेको छ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आज असोज १६ गतेसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्। किनकि भोलि असोज १७ गते घटस्थापना परेकोले सार्वजनिक बिदा परेको छ।

Esewa
Crest

कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको ५ प्रतिशतले हुन आउने १० करोड ५० लाख रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ। बोनस शेयर कर प्रयोजनार्थ कम्पनीले ५५ लाख २६ हजार ३१६ रुपैयाँ छुट्याएको छ।

कम्पनीले लाभांश पारितसहितका अजेन्डा अनुमोदन गर्न आफ्नो १५ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक ५ गते डाकेको छ। सभा काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजेटबाट सुरु हुनेछ। सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सोही सभाले ताप्लेजुङमा निर्माणाधीन २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद शेयर जारी गर्ने र त्यस कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेषा प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक समितिको संख्यामा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षक प्रतिवेदन अनुमोदन गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS