IME Life New

आजसम्म कायम शेयरधनीले नेपाल हाइड्रोको लाभांश पाउने, कति दिँदैछ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल हाइड्रो डेभलपरको लाभांश सुरक्षित गर्ने आज पुस ७ गते अन्तिम दिन रहेको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि पुस ८ गते बुकक्लोज गर्दैछ। यसको अर्थ आज पुस ७ गतेसम्म कायम शेयरधनी यो कम्पनीको साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

Esewa
Crest

कम्पनीले यही पुस २५ गते आफ्नो १८ औँ वार्षिक साधारणसभा गर्दैछ। सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सन्स बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले हाल कायम चुक्तापुँजीको ८ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS