IME Life New

आजसम्म कायम शेयरधनीले एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर भर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर भर्न योग्य हुन आज कात्तिक २६ गते अन्तिम दिन रहेको छ।

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि भोलि कात्तिक २७ गते बुक क्लोज गर्दैछ। यसको अर्थ आज कात्तिक २६ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन्।

Esewa
Crest

कम्पनीले आउँदो मंसिर ११ गतेदेखि आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापुँजीको ६२.५६ प्रतिशतले हुन आउने ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँबराबरको हकप्रद शेयर बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर जारी गर्नेछ। हकप्रद शेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। शेयरधनीहरुले लक्ष्मी सनराइज क्यापिटलको कार्यालय र लक्ष्मी सनराइज बैंकका काठमाडौं उपत्यकाबाहिरका तोकिएका शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर जारी गर्न इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्युअर रेटिङ ए माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रहेको संकेत गर्छ।

कम्पनीको हालको चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८०.९७ रुपैयाँ कायम हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS