IME Life New

आजबाट सिंगटी हाइड्रो इनर्जीको आइपिओ बिक्री खुला, कति कित्ता दिने आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले आजबाट आयोजना प्रभावित स्थानियहरूका लागि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेको थियो ।

Esewa
Crest

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । उक्त शेयर बाँडफाँड भए पश्चात दोश्रो चरणमा सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गर्ने जनाएको छ ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त आइपीओमा छिटोमा माघ १८ गतेसम्म र ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरु आयोजना प्रभावित स्थानिय हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS