IME Life New

आजबाट कारोबार खुलेको गार्डियन माइक्रो लाइफ किन देखिएन नेप्सेको ‘सबइन्डेक्स’मा ? यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स शेयर आज आइतबारबाट कारोबारमा आएको छ। गत बिहीबार यो कम्पनीको आइपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो।

नेप्सेले तोकेको उच्च रेन्जमा कारोबार खुलेको गार्डियन माइक्रो लाइफको शेयरभाउमा पहिलो दिनै पोजिटिभ सर्किट लागेको छ। यो कम्पनीको शेयरमा १० प्रतिशतको बढोत्तरी भएको छ। शेयरभाउ ३०.१० रुपैयाँले बढेर ३३१.१० रुपैयाँमा बन्द भएको छ।

Esewa
Crest

नेप्सेमा सूचीकृत कम्पनीलाई प्राकृतिअनुसार विभिन्न १३ वटा सेक्टर (उपसमूह)मा राखेर कारोबार गरिन्छ। तर, आज गार्डियन माइक्रो लाइफ कुनै पनि सबइन्डेक्समा देखिएन।

नेप्सेका कम्पनी लिस्टेड सेक्युरिटिजमा गार्डियन माइक्रो लाइफ ‘लाइफ इन्स्योरेन्स’ सेक्टरमा सूचीकृत भएको देखाइएको छ। यता लाइफ इन्स्योरेन्स सबइन्डेक्समा भने गार्डियन माइक्रो लाइफ देखिँदैन। गार्डियन माइक्रो लाइफले ‘जीएमएलआई’ कारोबार संकेत पाएको छ।

नेप्सेका एक प्राविधिक कर्मचारीले कुनै पनि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आएको पहिलो दिनै सबइन्डेक्स नदेखिने बताए। ‘नेप्से तोकेको रेन्जभित्र प्रिसेसनमा शेयर किनबेच भएपछि नियमित सेसनको कारोबारमा आउँछ’, ती कर्मचारीले भने, ‘पहिलो कारोबारपछि मात्रै कम्पनीको मूल्य नेप्सेको मार्केट क्यापमा जोडिन्छ। त्यसैले पहिलो दिनको नियमित कारोबारपछि केही समयपछि कम्पनीको शेयर सबइन्डेक्समा देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS