IME Life New

आजदेखि विक्री गरेको मैलुङ खोलाको आइपीओ कतिले भरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । आजदेखि विक्री गरेको माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आइपीओमा २ लाख बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा २ लाख ८४ हजार ९६८ जनाले ३२ लाख ४७ हजार ५२० कित्ताका लागि आवेदन दिएका हुन् ।

Esewa
Crest

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २५ प्रतिशतका दरले हुन आउने २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर निष्काशन गरेको थियो।  कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शयरको १० प्रतिशतले हुन आउने १ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ प्रतिशतले हुन आउने ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

दोस्रो चरणमा कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको ९ हजार २०० कित्ता शेयर सहित प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। कम्पनीले निष्काशन गरेको आइपीओमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि कात्तिक २ गतेसम्म लम्बिनेछ।

आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS