IME Life New

आजदेखि अपि पावरको अवितरित हकप्रद शेयर लिलामीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आजबाट अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ४६ हजार २ सय १८ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले पौष ६ गतेबाट पौष १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

Esewa
Crest

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल काठमाडौँ तथा सिद्धार्थ बैंक लिमिटेडका विराटनगर, विरगंज, जनकपुर, विर्तामोड, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घोराही, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर तथा धनगढीका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS