IME Life New

आकर्षक तलब सहित रिलायन्स लाइफ इन्स्योरेन्समा ठुलो संख्यामा रोजगारीको अबसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नयाँ जिबन बीमा कम्पनी मध्येको रिलायन्स लाइफ इन्स्योरेन्सले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ, कम्पनीले राजधानी भित्र तथा राजधानी बाहिरका मुख्य शहरहरुको लागि शाखा प्रबन्धकको माग गरेको छ।

त्यस्तै कम्पनीले मेनेजमेन्ट ट्रेनी (Management Trainee) माग गरेको छ, कम्पनीले दिएको जानकारी अनुसार मेनेजमेन्ट ट्रेनीको माषिक तलब सुबिधा ४०,००० रहेको छ, मेनेजमेन्ट ट्रेनीको लागि अनुभबको आबश्यकता पर्दैन तर ब्यबस्थापन संकाय मा स्नातकोतर तह उत्रिण गरेको हुनु पर्छ ।

Esewa
Crest

सेल्स प्रतिनिधि (वित्तीय योजना सल्लाहकार-Financial Planning Consultant) को पनि माग गरेको यो बीमाको जोजनाहरु बिक्रि गरिने तह हो, ब्यबस्थापन संकायमा स्नातक तहपास गरेका व्यक्तिहरुले यो पद मा आबेदन गर्न सक्ने छन्, यो तहका कर्मचारीहरुको माषिक तलब रु. १७,००० हुने कम्पनीले जनाएको छ।

कम्पनीले माग गरेको विभिन्न पदहरुमा आबेदन गर्नको लागि https://merojob.com मा जानु पर्ने हुन्छ  ।

खुलेर जिऔं भन्ने नारा साथ सञ्चालनमा आएको कम्पनीको हाल १ अर्ब ४७ करोड चुक्ता सेयर पूँजी रहेको छ कम्पनीले सर्वसाधारणमा निकट भविष्यमा ६३ करोड सेयर जारी गर्ने योजना बनाएको छ । यससंगै कम्पनीको पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको मुख्य प्रबर्द्धकमा सिद्धार्थ बैंक, केडिया समूह,  रिलायन्स समूह लगायत १ सय १३ जना संस्थापक लगानीकर्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS