IME Life New

आइपीओ ल्याउँदै रायन इनर्जी, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रायन इनर्जीले आइपीओ ल्याउने तयारी गरेको छ।

आइपीओ ल्याउन रायन इनर्जीले ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र बिक्री प्रबन्धकमा नियुक्त गर्दैछ। धितोपत्र बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा माघ २९ गते मंगलबार हस्ताक्षर हुँदैछ।

Esewa
Crest

हस्ताक्षर कार्यक्रम ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा राखिएको छ। कार्यक्रम दिउँसो साढे ३ बजेबाट सुरु हुनेछ।

सम्झौतापछि ग्लोबल आइएमई बैंकले रायन इनर्जीको संस्थागत परामर्शदाता रुपमा रहँदै आइपीओ ल्याउनेदेखि सूचीकृत गर्नेसम्मको काम गर्नेछ।

रायन इनर्जी नेपालमा तीनपांग्रे सवारीसाधनको एसेम्बल गर्छ। नेपालमा बढ्दो दिगो यातायात सेवाका लागि यो कम्पनीले ब्याट्री स्वाप टेक्नोलोजी र परिचालन प्रवर्तन सेवा उपलब्ध गराउँदै आएको छ।

कार्यक्रममा रायन इनर्जीको उद्देश्यमाथि प्रकाश पारिनेछ। यो सम्झौता हरित भविष्यका लागि एउटा कोशेढुंगा हुने कम्पनीको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS