IME Life New

आइपीओ निष्काशनका लागि दुई कम्पनीले दिए बोर्डमा निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेड र श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवदेन दिएका छन् ।

मन्दाकिनी हाइड्रोपावरले आयोजना प्रभावित तथा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । कम्पनीले आइपीओ निष्काशन गर्नका लागि कात्तिक १४ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

Esewa
Crest

कम्पनीले जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको ३० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ६४ हजार १११ कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको हो । कम्पनीले शेयर निष्काशन तथा विक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

त्यसैगरी श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले कात्तिक १० गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने ४७ करोड ७९ लाख बराबरको प्रतिशेयर १०० रुपियाँ अंकित दरको ४७ लाख ७९ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारणलाई जारी गर्नका लागि निवेदन दिएको हो ।

कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS