IME Life New

आइपीओमा प्रिमियमबापत उठाइएको रकम जगेडामा राख्न बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन, कसले कति जम्मा गर्नुपर्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइपीओमा उठाइएको प्रिमियमबापत रकम जगेडा कोष (रिजर्भ)मा राख्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।

हिमालयन रि इन्स्योरेन्स र ४ वटा जीवन बीमा कम्पनीले प्रिमियममा आइपीओ जारी गरेका थिए। प्रिमियममा आइपीओ ल्याउने जीवन बीमा कम्पनीहरुमा आइएमई लाइफ, सिटिजन्स लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफ छन्। ती सबै कम्पनीलाई पत्र पठाएर आइपीओ ल्याउँदा प्रिमियममा उठाएको  ९ अर्ब ३३ करोड ७२ लाख ५४ हजार रकमलाई  जगेडा कोषमा राख्न निर्देशन दिइएको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए। ‘निर्देशन कार्यान्वयन गर्न हिजै सबै कम्पनीलाई पत्र पठाइएको छ’, उनले भने।

Esewa
Crest

गत पुस १२ गते सार्वजनिक लेखा समितिले बीमा ऐनविपरीत बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्न दिएको विषयमा सच्चिन बीमा प्राधिकरणलाई निर्देशन दिएको थियो। त्यसपछि प्राधिकरणले प्रिमियमबापत उठेको रकम जगेडा कोषमा राख्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो।

प्रिमियममा आइपीओ ल्याएकामध्ये हिमालयन रिइन्स्योरेन्सबाहेक अन्य जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरु अंकित मूल्यमै र अन्य सर्वसाधारणलाई प्रिमियम मूल्यमा शेयर बेचेका छन्।

हिमालयन रिइन्स्योरेन्सले कुल ३ करोड कित्ता आइपीओ निष्कासनको अनुमति पाएको थियो। यो कम्पनीले १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर २०६ रुपैयाँ आइपीओ बिक्री गरेको थियो। यो कम्पनी प्रिमियमबापत ३ अर्ब १८ करोड रुपैयाँ उठाएको छ। अब यो रकम कम्पनीले जगेडामा राख्नुपर्नेछ।

यसैगरी सिटिजन लाइफले १ करोड १२ लाख ५० हजार  कित्ता आइपीओ बिक्री गरेको थियो। कम्पनीले ५ लाख ६२ हजार ५०० कित्ता शेयर कर्मचारीलाई अंकित मूल्यमै र १ करोड ६ लाख ८७ हजार ५०० कित्ता अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणलाई बिक्री गरेको थियो। यो कम्पनीले प्रिमियमबापत १ अर्ब ५३ करोड ९०  लाख रुपैयाँ उठाएको थियो। यो रकम कम्पनीले अब जगेडामा जम्मा गर्नुपर्नेछ।

सन नेपाल लाइफले ९६ लाख कित्ता आइपीओ बिक्री गरेको थियो। कम्पनीले ४ लाख ८० हजार कित्ता शेयर कर्मचारीलाई अंकित मूल्यमै र ९१ लाख २० हजार कित्ता अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणलाई बिक्री गरेको थियो। यो कम्पनीले प्रिमियमबापत १ अर्ब २६ करोड ७६ लाख ८० हजार रुपैयाँ उठाएको थियो। यो रकम अब जगेडामा राख्नुपर्नेछ।

त्यस्तै रिलायबल नेपाल लाइफले १ करोड २० लाख कित्ता आइपीओ बिक्री गरेको थियो। कम्पनीले ६ लाख कित्ता शेयर कर्मचारीलाई अंकित मूल्यमै बेचेको थियो। बाँकी १ करोड १४ लाख कित्ता अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणलाई बिक्री गरेको थियो। यो कम्पनीले प्रिमियमबापत १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ उठाएको थियो। कम्पनीले यो रकम अब जगेडामा जम्मा गर्नुपर्नेछ।

आइएमई लाइफले पनि १ करोड २० लाख कित्ता आइपीओ बिक्री गरेको थियो। कम्पनीले ६ लाख कित्ता शेयर कर्मचारीलाई अंकित मूल्यमै बेचेको थियो। बाँकी १ करोड १४ लाख कित्ता अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणलाई बिक्री गरेको थियो। यो कम्पनीले प्रिमियमबापत १ अर्ब ५६ करोड ७ लाख ७४ हजार रुपैयाँ उठाएको थियो। यो रकम अब जगेडामा राख्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

8%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS