IME Life New

आइपीओको ओपनिङ रेन्ज घटाउँदै नेप्से, अब नेटवर्थको डेढ वा दुईगुणामा झारिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीको दोस्रो बजारमा पहिलो कारोबारका लागि प्रदान गर्ने ओपनिङ रेन्ज घटाउने तयारी गरेको छ।

पछिल्लो समय कमजोर कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेबित्तिक भाउ उचाल्ने गतिविधि भएकोले र प्रिमियम तथा बुक बिल्डिङ विधिबाट आइपीओ आउन थालेकोले नेप्सेको व्यवस्थापनले आइपीओको ओपनिङ रेन्ज घटाउने प्रस्ताव गरेको हो। ‘यो प्रस्तावमाथि एक चरण सञ्चालक समितिमा अनौपचारिक रुपमा छलफल भइसकेको छ’, नेप्सेका एक अधिकारीले भने।

Esewa
Crest

नेप्से अध्यक्ष शोभाकान्त पौडेलले यस विषयमा थप गृहकार्य गरेर ल्याउन व्यवस्थापनलाई निर्देशन दिएका छन्। ‘अब थप अध्ययनसहितको प्रस्ताव सञ्चालक समितिमा औपचारिक रुपमा पेस गर्नेतर्फ लागेका छौँ’, ती अधिकारीले भने।

हाल नेप्सेले कुनै पनि कम्पनीको आइपीओ दोस्रो बजारमा आउँदा नेटवर्थको तीनगुणा ओपनिङ रेन्ज तोक्ने गरेको छ। अब आइपीओको शेयरलाई पहिलो कारोबारका लागि नेटवर्थको डेढ गुणा वा दुईगुणासम्म ओपनिङ रेन्ज तोक्ने तयारीमा नेप्सेले लागेको छ।

ती अधिकारीका अनुसार २०६८ सालअघि आइपीओ शेयर दोस्रो बजारमा कारोबार आउँदा पाँचगुणासम्म ओपनिङ रेन्ज तोकिएको थियो। ‘२०६८ सालपछि त्यसलाई घटाएर तीनगुणामा झारिएको हो’, ती अधिकारीले भने।

२०६८ सालयता नेपालमा शेयर बजारमा धेरै परिवर्तन भइसकेकोले अब आईपीओको ओपनिङ रेन्ज पनि परिमार्जन गर्ने पक्षमा नेप्से रहेको ती अधिकारीले बताए। ‘अहिले प्रिमियममा पनि आइपीओ आउन थाले, बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउन सुरु भइसकेको छ’, ती अधिकारीले भने, ‘त्यसैले अब अन्तर्राष्ट्रिय बजारलाई हेरेर नेपालमा पनि आइपीओको ओपनिङ रेन्ज परिमार्जन गर्ने पक्षमा नेप्से पुगेको हो।’

नेप्सेको सञ्चालक समितिले पारित गरेपछि हालको ओपनिङ रेन्जको व्यवस्था परिमार्जन गरी लागू गर्न सकिने ती अधिकारीले बताए। ‘नेप्सेको कारोबार विनियमावलीबमोजिम ओपनिङ रेन्जको व्यवस्था लागू गर्ने अधिकार नेप्सेसँग रहेको छ’, ती अधिकारीले भने, ‘यसका लागि धितोपत्र बोर्डको स्वीकृति लिइरहनुपर्दैन। धितोपत्र बोर्डलाई जानकारी गराए पुग्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

5%
happy

खुसी

5%
sad

दु :खी

0%
amazed

अचम्मित

5%
excited

उत्साहित

85%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS