IME Life New

आइपिओ निष्काशन गर्न बाँकी सबै बीमा कम्पनीले प्रिमियममा ल्याउने, आइएमई फेस भ्यालुबाट पछाडि हट्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राथमिक शेयर निष्काशन गर्न बाँकी सम्पुर्ण जीवन बीमा कम्पनीहरुले प्रिमियम सहित आइपिओ निष्काशन गर्ने तयारीमा जुटेका छन् । रिलायबल नेपालले ११२ रुपैयाँ प्रिमियम सहित आइपिओ निष्काशन गर्ने प्रकृयाँ अगाडि बढाए सँगै अन्य कम्पनीहरुले पनि प्रिमियमा शेयर जारी गर्ने तयारी गरेका हुन् ।

फेस भ्यालुमै प्राथमिक शेयर निष्काशनको प्रकृयाँ अगाडि बढाएको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी पनि पछाडि हट्ने भएको छ । कम्पनी स्रोतका अनुसार, ‘आइएमई लाइफ पनि प्रिमियमा शेयर निष्काशन गर्न योग्य भएकाले प्रिमियमा शेयर निष्काशनको लागि बीमा समितिमा निवेदन दिने विषयमा छलफल भएको छ ।’

Esewa
Crest

आइएमई लाइफ नेपाल धितोपत्र बोर्डबाट प्राथमिक शेयर निष्काशनका लागि अनुमति पाउने अन्तिम चरणमा छ । तर कम्पनीले उक्त प्रकृयाँलाई बन्द गरेर प्रिमियममा शेयर निष्काशनका लागि आवस्यक प्रकृयाँ अगाडि बढाउने भएको हो । कम्पनीले ६० लाख कित्ता प्राथमिक शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको थियो। तर ‘आइएमई लाइफ पनि प्रिमियमा प्राथमिक शेयर जारी गर्न योग्य भएको’ भन्दै अहिलेसम्मका सम्पुर्ण प्रकृयाँलाई बन्द गरेर प्रिमियमा शेयर जारी गर्ने योजना बनाएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनौपचारिक रुपमा छलफल पनि गरिसकेको छ । तर बीमा समितिमा भने अहिलेसम्म कुनै पनि निवेदन दिएको छैन ।

पछिल्लो समय केहि जीवन बीमा कम्पनीहरुले प्रिमियमा शेयर निष्काशन गर्ने प्रकृयाँ अगाडि बढाए पछि आइएमई लाइफ पछाडि हटेको हो । लगातार तीन वर्षदेखि मुनाफामा रहेका कम्पनीले प्रतिशेयर नेटवर्थको दुई गुणासम्म प्रिमियम तोक्न सक्ने कानुनी व्यवस्था छ ।

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई आधार मूल्यमै प्राथमिक शेयर निष्काशन गर्नु पर्ने व्यवस्था गरेका कारण बीमा कम्पनीहरुले पनि अहिलेसम्म आधारभुत मूल्यमै शेयर जारी गर्दै आएका थिए । तर  रिलायबल नेपालले बीमा समितिबाट प्रिमियमा शेयर जारी गर्नका लागि  स्वीकृति पाए सँगै अन्य कम्पनीहरु पनि प्रिमियममा शेयर जारी गर्न लोभिएका हुन् ।

रिलायबल सहित आइएमई लाइफ, सन नेपाल, सिटिजन लाइफ, महालक्ष्मी लाइफले प्राथमिक शेयर निष्काशन गर्न बाँकी छ । सन नेपाल र सिटिजनले प्रिमियमा शेयर जारी गर्नको लागि बीमा समितिबाट आवस्यक स्वीकृति समेत लिइसकेका छन् ।  महालक्ष्मी लाइफले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण तयार पारेपछि मात्रै प्राथमिक शेयर निष्काशन गर्न योग्य हुने भएकाले यस कम्पनीले अहिलेसम्म कुनै पनि प्रकृयाँ अगाडि बढाएको छैन । तर अन्य कम्पनीहरुले प्रिमियमा शेयर जारी गर्दै गर्दा योग्य ठहरिएका खण्डमा महालक्ष्मी लाइफले पनि प्रिमियममा शेयर जारी गर्न सक्ने छ ।

प्रिमियममा शेयर जारी गर्दा कम्पनीहरुको जगेडा कोष बलियो हुने भन्दै बीमा समितिले कम्पनीहरुलाई अनुमति दिइरहेको छ । जगेडा कोष बलियो हुँदा कम्पनीको जोखिम बहन क्षमता बढ्नुका साथै अन्य सूचकमा पनि सकारात्मक प्रभाव पर्ने भए पछि समितिले नियम अनुसार योग्य कम्पनीहरुलाई अवरोध नगर्ने बताउदै आएको छ ।

कम्पनी ऐनले प्रचलित नियम कानुनका आधारमा पब्लिक कम्पनीले प्रिमियममा प्राथमिक शेयर निष्काशन गर्न पाउने व्यवस्था गरिदिएको छ । कम्पनी ऐन अनुसार पब्लिक कम्पनीले प्रिमियम सहित प्राथमिक शेयर निष्काशन गर्न चाहेकमा साधारणसभाबाटै प्रस्ताव पारित गर्नु पर्ने हुन्छ । त्यस्तै धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा पनि प्रिमियमा शेयर निष्काशन गर्न सकिने स्पष्ट व्यवस्था छ । यि दुबै कानुनमा बीमा कम्पनीहरु प्रिमियमा शेयर निष्काशन गर्न योग्य रहेकाले पनि नियामक निकाय बीमा समितिले अनुमति दिइरहेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS