IME Life New

आइएमई लाईफको आईपिओ तत्काल अघि नबढ्ने, किन रोकियो धितोपत्रमा आईपिओ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आईएमई लाईफले गत असारमा आईपिओको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरेको भएपनि सो कम्पनीको आईपिओ सम्बन्धी प्रक्रिया अघि बढ्न केही समय लाग्ने भएको छ । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले दर्ता गरेको आईपिओको लागि थप कागजातहरु माग गरिएको नेपाल धितोपत्र बोर्डका प्रबक्ता तथा कार्यकारी निर्देशक निरज गिरीले बताए । बोर्डका अनुसार आईएमई लाईफसँग आर्थिक वर्ष २०७५।०७६ को लेखा परिक्षण प्रतिवेदन माग गरिएको छ ।

कम्पनीले धितोपत्र बोर्डमा प्रक्रिया नै पूरा हुने बाँकी नै रहेको अवस्थामा आईपिओको लागि दर्ता गरेको खुलेको छ । कम्पनीले एक पूर्ण वर्ष कारोबार गरी सोको लेखा परिक्षण पश्चात मात्रै आवेदन दिनुपर्नेमा २०७४ भदौंबाट कारोबार सुरु गरेको कम्पनीले आव २०७४।०७५ को लेखा परिक्षण पेश गरी आईपिओको लागि आवेदन दिएको थियो । आईपिओको लागि अयोग्य कम्पनीको निवेदन परेको थाहा पाएपछि नेपाल धितोपत्र बोर्डले आइएमई लाईफको आईपिओको दर्ता सूचिबाट हटाएको छ । यद्यपि दर्ता भने कायमै रहेको बोर्डले जनाएको छ । अब बोर्डले सोही दर्तामा थप कागजात मगाएर आईपिओको अनुमति दिनेछ । बोर्डले अब आव २०७५।०७६ को साधारणसभा गरी पारित भएको लेखा परिक्षण पेश गरेपछि मात्रै आर्ईएमई लाईफको आईपिओ सम्बन्धी प्रक्रिया बढाउने भएको छ ।

Crest

हाल आईएमई लाईफ इन्स्योरेन्सको आव २०७५।०७६ को बीमाङ्कीय मूल्याङ्कनको काम भइरहेको छ । अबको केही साताभित्रैमा आईएमई लाईफ इन्स्योरेन्सको बीमाङ्कीय मूल्याङ्कनपछि लेखा परिक्षण सम्पन्न हुनेछ । सो पश्चात कम्पनीको साधारणसभा आगामी असोजभित्र सम्पन्न हुने लक्ष्यमा अघि बढिरहेको आईएमई लाईफले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS