IME Life New

आइएमई लाइफले ल्यायो च्याटबोट सुविधा, यस्ता छन् बिशेषताहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आइएमई लाइफ ३६० योर भर्च्युअल अशिष्टेन्स् नामको च्याटबोट सञ्चालनमा ल्याएको छ । कम्पनीले नेपालमै पहिलो पटक जीवन बीमा कम्पनीमध्ये सर्वप्रथम यो सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त सेवाबाट बीमित र अभिकर्ता प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् भने बीमासँग चासो राख्ने, बीमाको बारेमा बुझ्ना चाहने, कम्पनीको बारेमा बुझ्न चाहने व्यक्ति तथा संस्थाले समेत यसबाट सेवा प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

हाल यो सेवा कम्पनीको वेवसाइटमा उपलब्ध रहेको छ । साथै, कम्पनीले आगामी दिनमा कम्पनीको अधिकारीक मोबाइल एप्स (आईओएस एण्ड एन्ड्रोइड) र म्यासेन्जरमा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

च्याटबोट सेवा मार्फत बीमितिले आफ्नो बीमाशुल्क भुक्तानी सम्बन्धि जानकारी लिनुका साथै बीमाशुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोबाइल नं परिवर्तनको जानकारी लिन सकिने र अनुरोध पठाउन सकिने छ । यसैगरी दावी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिशन, बैंक खाता, प्यान नं., मोबाइल नं अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजतपत्र नवीकरण प्रक्रिया सम्मको जानकारी यसै च्याटबोट मार्फत तत्कालै प्राप्त गर्न तथा अनुरोध पठाउन सक्नेछन् ।

यो सेवा सञ्चालनमा आएसँगै कम्पनीका बीमित, अभिकर्ता र कम्पनीसँग सरोकार राख्ने जो कोहिले जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवा अन्तर्गतको जुनसुकै समस्या वा जिज्ञासा च्याटबोटमार्फत् राखी तत्कालै समाधान पाउन सक्ने कम्पनीले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS