IME Life New

बीमा प्राधिकरणको निर्देशन पालना गर्दै आइएमई लाइफद्वारा डीसीईओमा दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशन पालना गर्दै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

यस पदका लागि विजनेश एडमिनिस्ट्रेसन, फाइनान्स, एकाउन्टिङ तथा अर्थशास्त्र विषयबाट मास्टर डिग्री गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । उक्त पदका लागि कम्तिमा ४५ वर्ष पुगेको हुनुपर्नेछ । साथै, सम्बन्धीत क्षेत्रमा कम्तिमा १५ वर्ष काम गरेको हुनुपर्ने जनाएको छ । कम्पनीमा उक्त पद रिक्त रहेको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

बीमा प्राधिकरणले केही दिनअघि मात्रै बीमा कम्पनीहरुलाई उपकार्यकारी प्रमुख (डीसीईओ)हरुको विवरण पठाउन निर्देशन दिएको थियो। यसका लागि प्राधिकरणले ७ दिनको समयावधि दिएको छ।

हाल सञ्चालनमा रहेका केही बीमा कम्पनीहरुमा डीसीईओ पद रिक्त रहेको जानकारी प्राप्त भएको भन्दै बीमा प्राधिकरणले चैत २० गते डीसीईओको नामनामेशीसहितको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो। बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा २२ उपदफा (४) बमोजिम उपकार्यकारी प्रमुख नियुक्त गर्नुपर्ने व्यवस्था छ। सोही दफाको उपदफा (५)बमोजिम बीमकले आफ्नो उत्ताधिकार योजना बनाउनुपर्ने व्यवस्था पनि रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS