IME Life New

आँखुखोला जलविद्युतको हकप्रद बाँडफाँटः बिक्री भएन साढे १७ लाख कित्ता शेयर, लिलामीमा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको हकप्रद शेयर बाँडफाँट गरिएको छ।

बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले भदौ ३० गते आँखुखोला जलविद्युत कम्पनीको हकप्रद शेयर बाँडफाँट गरेको हो। कुल बिक्री खुला गरिएको १ करोड २० लाख कित्तामध्ये ४१ हजार ३६२ जना शेयरधनीहरुलाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता शेयर बाँडफाँट गरिएको छ।

Esewa
Crest

कम्पनीका अनुसार १७ लाख ५० हजार २४८ कित्ता हकप्रद शेयर बिक्री भएन। अब यो शेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरिनेछ।

बाँडफाँटमा नपरेका हकप्रद शेयरबापतको रकम असोज ४ गतेदेखि आईपीएसमार्फत सम्बन्धित आवेदकको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ।

कम्पनीले गत असार ३१ गतेसम्म कायम शेयरधनीहरुका लागि चुक्तापुँजीको १ः१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS