IME Life New

आँखुखोला जलविद्युतको वार्षिक साधारणसभा आह्वान, शेयरधनीको हात भने रित्तै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०८०।८१ को वार्षिक साधारणसभा आउँदो कात्तिक १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको मैतीदेवीस्थित वैभव पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

उक्त आर्थिक वर्षका लागि कम्पनीले शेयरधनीहरुलाई केही नदिने भएको छ। कम्पनीले नगद लाभांश र बोनस शेयर प्रस्ताव गरेको छ। हकप्रद शेयर पनि प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ रहेको छ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS