IME Life New

अहिलेको अवस्थामा सुदूर पश्चिमबाट शेयर कारोवार सम्भव छैन : कुमार थापा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अहिले लकडाउनमा पनि शेयर कारोवार खोल्ने हल्लाले सामाजिक संजाल राम्रै तताएको छ। धेरैले यस्तो अवस्थामा शेयर कारोवार खुलाउन नहुने धारणा राखेका छन् भने केही थोरैले शेयर बजार खुलाउने विषयमा समर्थन दिएका छन्। यसै बीच नेपालको सबै भन्दा पश्चिम अर्थात सुदूर पश्चिम प्रदेशलाई केन्द्रित हुँदै शेयर बजार खुलाउन कत्तिको ठीक हो भनेर नेपाल पुँजी बजार लगानीकर्ता संघ सुदूर पश्चिम प्रदेश संयाेजक कुमार थापासँग इन्स्योरेन्स खबरले गरेको सामान्य कुराकानी :

Esewa
Crest

कुमार थापा : सुदुर पश्चिम प्रदेशमा दुई ठाउँबाट मात्र शेयर कारोवार हुने गरेको छ। धनगढि र महेन्द्रनगरमा मात्र ब्रोकरको शाखा (RWS) रहेको छ। हाल महामारीको रुपमा देखिएको कोरोना भाइरसको कारण सबै लगानीकर्ता आफ्नो गाउँ र पहाड तिर लागिसकेको अवस्था छ। जो धनगढि र महेन्द्रनगरमा हुनुहुन्छ उहाँहरु पनि लक डाउनका कारण ब्रोकर अफिस धाउने अवस्था छैन। स्मरण रहोस हाल सम्म पनि सुदुर पश्चिम प्रदेशका धेरै लगानीकर्ताहरु ब्रोकर अफिसमा पुगेर शेयर कारोवार गर्दै हुनुहुन्छ। अहिले अनलाईन कारोवार प्रणाली आए पनि धेरै लगानीकर्ताहरुले सो सुविधा लिनु भएको छैन।

झन् सुदुर पश्चिम भारतसँग सिधा सम्बन्ध भएको क्षेत्र हो। यहाँ धेरैका नातेदारहरु भारत तर्फ छन् र रोजगारीको सिलसिलामा धेरैको भारतसँग प्रत्यक्ष सम्बन्ध छ । त्यसैले यो क्षेत्रमा कोरोना भाइरसको जोखिम धेरै नै छ। यो अवस्थामा शेयर कारोवार खुलाउनु भनेको सुदुर पश्चिमलाई अप्रत्यक्ष रुपमा रुपमा शेयर कारोवार नगर भन्नु हो। यस्तो परिस्तिथिमा सुदुर पश्चिम प्रदेशमा अहिलेको अवस्थामा शेयर बजार खुल्दा कारोवार नै नहुने देखिन्छ । यसकारण हाल बजार खोल्नु हुँदैन । अनि अर्को कुरा म र मेरो संघ प्रश्न गर्न चाहन्छ कि नागरिकको स्वास्थ्यभन्दा ठुलो व्यापार हो ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS