IME Life New

असोजभित्र सूचीकृत कम्पनीहरुले धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने, कसले कति तिर्नुपर्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई धितोपत्रको नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ।

नेप्सेले आज एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८१।८२ का लागि धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको हो। नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन सकिने नेप्सेले जनाएको छ।

Esewa
Crest

तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगत गर्न सकिने नेप्सेले प्रस्ट पारेको छ।

कसले कति तिर्नुपर्छ वार्षिक नवीकरण शुल्क ?

विनियमावलीअनुसार चुक्तापुँजी ५० करोड रुपैयाँसम्म भएका कम्पनीले ५० हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा माथि चुक्तापुँजी भएका कम्पनीले १ लाख रुपैयाँ तिर्नुपर्छ।

यसैगरी डिबेन्चर र म्युचुअल फन्डले ५० करोड रुपैयाँसम्म चुक्तापुँजी भएमा २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा माथि भएमा ५० हजार रुपैयाँ तिर्नुपर्छ।

notice-nepse

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS