IME Life New

‘अर्थमन्त्री सनसिटी अपार्टमेन्ट जानु भएको छैन, झूठा अफवाह फैलाइयो’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना भाइरसविरुद्धमा अग्रपंक्तिको मोर्चामा उभिएर लडिरहेका अर्थमन्त्री डा. युवराज खतिवडालाई झूठा अफवाह फैलाएर विवादमा पार्ने प्रयास गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको प्रेस संयोजक यमन पौडेले भने, ‘कोरोना भाइरस देखिएको सनसिटी अपार्टमेन्टमा अर्थमन्त्री गएको भन्ने कुरा झूटो हो, यसरी हुँदै नभएको कुरालाई अफवाह बनाएर फैलाएर भ्रम छर्ने काम नगरौं ।’ प्रेस संयोजक पौडेलले अर्थमन्त्री डा. खतिवडा सनसिटी गएको कुराको ठाडै अस्वीकार गर्दै भने, ‘उहाँ आफै कडा अनुशासनमा बस्नु भएको छ, कार्यालयको कामका अत्यन्तै सीमिति मानिसलाई सुरक्षा विधि अनुसार मात्रै भेटघाट गर्नु भएको छ ।’

Esewa
Crest

कोरोना भाइरस देखिएको सनसिटी अपार्टमेन्टमा अर्थमन्त्री युवराज खतिवडा केहीदिनअघि गएको र संक्रमितसँग त्यतिखेर भेट भएको भन्दै प्रकाशित समाचारले कोरोना विरुद्धका लडाईमा लागेको व्यक्तिको मानमर्दन भएको अर्थमन्त्रालयले जनाएको छ । साथै उनले अर्थमन्त्रीका छोरा भने सनसिटी अपार्टमेन्टमा बस्ने गरेको जानकारी दिँदै निकै लामो समयदेखि अर्थमन्त्री सनसिटी नगएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS