IME Life New

अर्थमन्त्री डा. खतिवडाको औपचारिक विदाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजैमात्र पदबाट राजिनामा दिएका अर्थमन्त्री युवराज खतिवडाले अर्थमन्त्रालयमा विदाई कार्यक्रम आयोजना गरी औपचारिक रुपमा विदा भएका छन् । दिउँसो बसेको मन्त्रिपषिदको बैठकमा मौखिक रुपमा राजिनामा दिएर मन्त्रालय आएका अर्थमन्त्री डा. खतिवडाले विभागीय प्रमुखहरुसँग संक्षिप्त विदाई कार्यक्रम आयोजना गरेर पुनः प्रधानमन्त्री समक्ष राजिनामा दिएका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित औपचारिक विदाई कार्यक्रममा उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई सहयोग गर्न आफू पदको वास्ता नगरी जुनसुकै ठाउँमा बसेर काम गर्न तयार रहेको बताएका छन् । उनले विदाई कार्यक्रममा भने, ‘मेरो ज्ञान, अनुभवलाई निष्ठापूर्वक प्रयोग हुने ठाउँ जुनसुकै पद वा जिम्मेवारी तथा पदीय जिम्मेवारी बाहिर रहेकै अवस्थामा पनि सहयोग गर्नेछु ।’

Esewa
Crest

अर्थमन्त्री खतिवडाले आफूले गरेका राम्रा कामलाई नतिजामुखी बनाउने अभियानलाई निरन्तरता दिन समेत विभागीय प्रमुखहरुलाई आह्वान गरेका छन् । आजै राजिनामा दिएका अर्थमन्त्री डा. खतिवडाले पुल्चोकस्थित मन्त्री क्वाटरबाट सामानहरु समेत सार्न थालेका छन् । उनले आजै सो क्वाटर खाली गराइसकेका छन् । ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी विवादरहित अर्थमन्त्री डा. खतिवडाले आज पद त्याग गरेका छन् । अन्य मन्त्रीहरुले कुनै काण्ड वा राजनीतिक भागबण्डामा प्रम ओलीको निर्देशनपछि राजिनामा दिएको भएपनि अर्थमन्त्रीकै कारण पार्टीमा चर्को विवाद भएपछि डा. खतिवडा आफैले प्रम ओलीलाई बाहिर बसेर सहयोग गर्ने तर पार्टीभित्र बहस नै भइसकेको अवस्थामा मन्त्री पदमा नबस्ने बताएपछि राष्ट्रिय सभामा बामदेव गौतमलाई लैजाने हिजो सम्बन्धमा हिजो मात्रै पार्टी कमिटीमा निर्णय भएको थियो ।

डा. खतिवडाको सहज बहिगर्मनसँगै शेयर बजारमा उछाल आएको छ । यद्यपि अबको अर्थमन्त्री को भन्नेआ अझै निर्णय भइसकेको छैन *। वामदेव गौतम, सुरेन्द्र पाण्डे वा विष्णु पौडेल अर्थमन्त्री बनेको खण्डमा भने शेयर बजार थप खुकुलो हुने देखिएको छ ।

*अपडेट गरिएको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS