IME Life New

अरुण भ्याली हाइड्रोपावरले ७२०%ले बढायो नाफा, अन्य सूचकमा पनि उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको नाफामा ७२०.५३ प्रतिशतको उछाल आएको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी ४८५.५७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीले ११ करोड २१ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ८ करोड ९३ लाख रुपैयाा अन्य आम्दानी गरेको थियो। अन्य आम्दानी २५.६१ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ३ अर्ब ७३ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा २५ करोड ५२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि कम्पनीको अन्य इक्विटीमा ७ करोड ६९ लाख रुपैयाँ थियो। अन्य इक्विटीको आकार पनि २३१.५९ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १२.१२ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) २३.८४ गुणा र प्रतिशेयर नेटवर्थ १०६.८३ रुपैयाँ रहेको छ। हिजो आइतबारबाट अन्तिम कारोबार मूल्यअनुसार कम्पनीको शेयरभाउ प्रतिकित्ता २९०.५० रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS