IME Life New

अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको ३ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य २७१ रुपैयाँ ८४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता २८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

Esewa
Crest

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ। कम्पनीले कात्तिक १४ गते, बुधबार, होटल क्रिस्टल पशुपती, गौशाला, काठमाडौँमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS