IME Life New

अमेरिकामा कोरोना संक्रमित दुई लाख नजिक, विश्वभर ४२ हजार बढिले ज्यान गुमाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट हालसम्म विश्वभरीमा ४२ हजार १५१ जनाको मृत्यु भएको छ। यस रोगबाट संक्रमित हुनेको संख्या भने ८ लाख ५८ हजार ६६९ जना पुगेको छ।

वल्र्डमिटर्स डट इन्फोका अनुसार बुधबार ८ बजेसम्ममा १ लाख ७८ हजार ९९ जना व्यक्ति निको भइसकेका छन्।

Esewa
Crest

शक्तिशाली राष्ट्र अमेरिकामा सबैभन्दा धेरै कूल १ लाख ८८ हजार ५३० जना संक्रमित भएका छन् भने ७ हजार २५१ जना निको भएर घर फर्किएका छन्।

संक्रमणका आधारमा दोस्रो रहेको इटालीमा १ लाख ५ हजार बढी संक्रमणको शिकार बनेका छन् । इटालीमा सबैभन्दा धेरै १२ हजार ४२८ ले मृत्युवरण गरेका छन् ।

छिमेकी राष्ट्र भारतमा कूल संक्रमित १ हजार ३९७ पुगेको छ भने कुल ३५ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा हालसम्म ५ जनामा यो रोगको पुष्टि भएको छ। १ जनालाई निको भएको छ भने ४ जना उपचारको क्रममा नै छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS