IME Life New

अभिकर्ता बिना बीमकले डिजिटल पोलिसी बिक्री गर्न पाउने, बीमितलाई प्रिमियममा छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब बीमा कम्पनीहरुले अभिकर्ताको संलग्न बिना पनि डिजिटल इन्स्योरेन्स पोलिसी बिक्री गर्न पाउने बाटो खुलेको छ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको ‘डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन्स (डीआईपीडी)–२०२४’ मा बीमा कम्पनीहरुलाई यो सुविधा दिइएको हो। अब बीमा कम्पनीहरुले अभिकर्ताको संलग्नता बिना पनि डिजिटल माध्यमबाट बीमा पोलिसी बिक्री पाउनेछन्।

Esewa
Crest

डीआईपीडीमा अभिकर्ताको संलग्नता बिना बिक्री गरिएका डिजिटल इन्स्योरेन्स पोलिसीको प्रिमियम शुल्कमा बीमा कम्पनीले बीमितलाई छुट दिने पाउने व्यवस्था पनि गरेको छ। यो बाक्यांशले बीमा कम्पनीहरुले अभिकर्ताको संलग्नता बिना पनि डिजिटल इन्स्योरेन्स पोलिसी बिक्री गर्न पाउने बाटो खुलेको हो।

अभिकर्ताको संलग्नता बिना बीमितले खरिद गर्न चाहेका डिजिटल इन्स्योरेन्स पोलिसीमा मात्रै प्रिमियम शुल्कमा यो छुट सुविधा उपलब्ध गराउने व्यवस्था डीआईपीडीमा गरिएको छ। त्यस्तो छुट सुविधाको विषयमा प्राधिकरणले तोकेबमोजिम हुने डीआईपीडीमा उल्लेख छ।

हाल अभिकर्ताको संलग्नतामा मात्रै बीमा कम्पनीहरुले पोलिसी बिक्री गर्दै आएका छन्। यसरी बिक्री गरिएका पोलिसीमा कम्पनीहरुले अभिकर्तालाई निश्चित प्रतिशत रकम कमिसनका रुपमा उपलब्ध गराउँदै आएको छ।

प्राधिकरणले ल्याएको डीआईपीडी आगामी साउनबाट लागू हुनेछ। यो डीआईपीडी लागू भएसँगै बीमकले डिजिटल माध्यमबाट बीमा पोलिसी बिक्री गर्न पाउनेछन्।

अर्कोतर्फ यही डीआईपीडीबमोजिम बीमकले बीमासँग सम्बन्धित सबै खाले कारोबार डिजिटल माध्यमबाट गर्नुपर्ने अनिवार्य हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

27%
happy

खुसी

8%
sad

दु :खी

8%
amazed

अचम्मित

3%
excited

उत्साहित

54%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS