IME Life New

अभिकर्ताको प्यान नम्बर प्रणालीमा प्रविष्ट गर्न प्राधिकरणको निर्देशन, यसरी हुँदैछ दोहोरो लाइसेन्सको खारेजी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पुर्ण सक्रिय अभिकर्ताको प्यान नम्बर आइआरएमआइएस प्रणालीमा प्रविष्ट गर्न निर्देशन दिएको छ । कम्पनीहरुले यस प्रणालीमा अभिकर्ताको नाम अङ्ग्रेजीमा प्रविष्ट गर्नु पर्नेछ । अहिलेको प्रणालीमा अभिकर्ताको नाम नेपालीबाट भएको हुँदा दोहोरो अभिकर्ताको विवरण पत्ता लगाउन असहज भए पछि अभिकर्ताको नामलाई अंग्रेजीमा राख्नुका साथै उनिहरुको प्यान नम्बर पनि अनिवार्य उल्लेख गर्नु पर्ने प्राधिकरणले जनाएको छ ।

बीमा ऐन २०७९ को दफा ९१ (७) मा ‘बीमा अभिकर्ताको इजाजतपत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजत पत्र दिइनेछ’ भन्ने व्यवस्थालाई कार्यान्वयन गर्न प्राधिकरणले यस्तो निर्देशन दिएको हो । नामका आधारमा मात्रै दोहोरो अभिकर्ता लाइसेन्सको व्यवस्था थाहा नहुने भए पछि प्राधिकरणले अभिकर्ताको विवरण थप गर्न निर्देशन दिएको हो ।

Crest

प्राधिकरणले सम्पुर्ण बीमा कम्पनीहरुलाई यहि माघ ७ गतेदेखि फागुन ६ गते भित्रमा सम्पुर्ण अभिकर्ताको विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ । बीमा अभिकर्ताको लाइसेन्स नविकरण चैत मसान्त भित्र गरिसक्नु पर्छ ।

यसरी नेपाल बीमा प्राधिकरणले आफ्नै प्रणालीबाट दुई वा दुई भन्दा बढि बीमा कम्पनीको अभिकर्ता लाइसेन्स लिएको विवरण पत्ता लगाउनेछ । स्थायी लेखा नम्बर हरेक व्यक्तिको छुट्टा छुट्टै हुने भएकाले यसबाट ट्र्याकिङ गर्न सजिलो हुने प्राधिकरणको ठम्याइ छ ।

यस भन्दा अगाडी प्राधिकरणले अभिकर्ताको नागरिकता नम्बरबाटै दोहोरो अभिकर्ता लाइसेन्सको विवरण पत्ता लगाएर कारबाही गर्ने योजना बनाए पनि नागरिकता नम्बर दोहोरिने भए पछि यस प्रकृयाँबाट पछाडी हटेको थियो ।

ऐनमै उस्तै प्रकृतिको दुई बीमा कम्पनीको अभिकर्ता लाइसेन्स लिन नपाउने व्यवस्था गरिदिए पछि प्राधिकरण यसको कार्यान्वयनमा जुटेको छ । यसै क्रममा गत साता प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीका सम्बन्धित शाखा प्रमुखहरुलाई बोलाएर यस विषयमा छलफल गरेको थियो ।

प्राधिकरणले अहिले तत्कालका लागि उक्त प्रणालीमा अभिकर्ताको लाइसेन्सको प्रमाणपत्रको फोटो पनि राख्ने योजना बनाए पनि कतिपय पुराना अभिकर्ताको लाइसेन्स प्राप्त गर्न नसक्ने अवस्था रहेको भन्दै तत्काल यसको कार्यान्वयन गर्न नसकिने बताएका थिए । तर प्यान नम्बर र अभिकर्ताको नाम अंग्रेजीबाट इन्ट्रि गर्ने विषयलाई भने कडाइका साथ लागु गर्न थालेको हो । यदि फागुन ६ गते भित्र यस्तो विवरण इन्ट्रि भएको रहेनछ भने उनिहरुको लाइसेन्स पनि नविकरण नहुने प्राधिकरणले जनाएको छ ।

यदि प्यान नम्बरबाट दुई वा दुई भन्दा बढि कम्पनीको अभिकर्ता लाइसेन्स लिएको भेटियो भने प्राधिकरणको अनलाइन प्रणालीले नै कम्पनी छनोट गर्ने सुविधा प्रदान गर्नेछ । यसरी नविकरणका क्रममा कुन कम्पनीको अभिकर्ता लाइसेन्स नविकरण गर्न चाहनु हुन्छ भनिसके पछि त्यसको विवरण सम्बन्धित अभिकर्ताको मोबाइल नम्बरमा ‘ओटिपी पासवर्ड’ आउनेछ । यसरी कुनै एउटा कम्पनी छनोट पछि उक्त ‘ओटिपी पासवर्ड’ प्रविष्ट गर्नु पर्छ । त्यस पछि बल्ल अभिकर्ताले छनोट गरेको एउटा मात्रै बीमा कम्पनीको अभिकर्ता लाइसेन्स नविकरण हुनेछ । बाँकी कम्पनीको अभिकर्ता लाइसेन्स स्वत रद्द हुनेछ ।

हाल जीवन बीमा कम्पनीहरुमा २ लाख १८ हजार १७९ जना अभिकर्ता छन् । यि सबै अभिकर्ताले आगामी तीन वर्षका लागि नविकरण गर्न पाउने छन् । अहिलेको बीमा ऐनमा अभिकर्ताको लाइसेन्स तीन वर्षसम्म नविकरण गर्न नपर्ने व्यवस्था गरिदिएको कारण अहले नविकरण गरिएको वा नयाँ प्राप्त भएको लाइसेन्स तीन वर्षसम्म सक्रिय रहनेछ । जस अन्तर्गत दुई वा सो भन्दा बढि बीमा कम्पनीको लाइसेन्स लिने अभिकर्ता धेरै छन् । दोहोरो अभिकर्ता लाइसेन्सको कार्यान्वयन पछि यस्तो संख्या थप घट्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%

खुसी

0%

दु :खी

6%

अचम्मित

11%

उत्साहित

6%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS