IME Life New

अबदेखि नयाँ बीमालेख जारी र नवीकरण गर्दा डिजिटल माध्यमबाट कारोबार अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब बीमकहरुले नयाँ बीमालेख जारी गर्दा र पुराना बीमालेख नवीकरण गर्दा अनिवार्य रुपमा डिजिटल माध्यमबाट कारोबार गर्नुपर्ने भएको छ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन्स, २०२४ मा यस्तो व्यवस्था गरेको हो। यो गाइडलाइन्सअनुसार अब बीमा कम्पनीहरुले नयाँ बीमालेख जारी गर्दा र पुरानो बीमालेख नवीकरण गर्दा सेवाग्राहीसँग अनिवार्य रुपमा डिजिटल भुक्तानीका लागि सम्झौता गर्नुपर्नेछ।

Esewa
Crest

डिजिटल भुक्तानीका लागि बीमकले अनिवार्य रुपमा इजाजतपत्र प्राप्त पेमेन्ट गेटवे वा बैंक तथा वित्तीय संस्था प्रयोग गर्नुपर्ने हुन्छ। डिजिटल कारोबार गर्दा व्यक्ति वा संस्था, बीमक स्वयं र बीमितले कुनै पनि किसिमको शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने पनि गाइलाइन्समा व्यवस्था गरिएको छ।

अब बीमकले दाबी भुक्तानी, जीवन लाभ, बीमालेख धितो कर्जा, समर्पण लाभबापतको भुक्तानीमा डिजिटल माध्यमको प्रयोग गर्नुपर्नेछ। विशेषगरी डिजिटल रुपमा जारी बीमालेखको दाबी भुक्तानी पनि अब डिजिटल प्रणालीबाट पनि गर्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

46%
happy

खुसी

8%
sad

दु :खी

38%
amazed

अचम्मित

8%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS