IME Life New

अबको सीईओ नेप्सेको पुनर्संरचना गर्न सक्ने व्यक्तिलाई बनाउन कर्मचारीको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नेप्सेको पुनर्संरचना गर्न सक्ने व्यक्तिलाई नियुक्त गर्नुपर्ने कर्मचारीहरुले माग गरेका छन्।

नेप्से कर्मचारी संघले आज प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। संघका अधयक्ष नवराज थापाद्वारा जारी विज्ञप्तिमा नेप्सेको सीईओमा पुँजी बजारको विषयमा ज्ञान र सीप, व्यावसायिक क्षमता भएको नैतिकवान साथै पुँजी बजारको विकास, लगानीकर्ताको हित संरक्षणमा प्रतिबद्ध र नेप्सेको पुनर्संरचना कार्य गर्न र गराउन सक्ने व्यक्तिलाई छनौट गरी पठाउन सरकारसमक्ष आग्रह गरिएको छ।

Esewa
Crest

नेप्सेका सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल यही माघ २५ गतेबाट सकिँदैछ। आफ्नो कार्यकालमा खासै काम गर्न नसकेको भन्दै कार्कीको नेप्सेभित्रैबाट आलोचना हुँदै आएको छ।

नेप्से संस्था स्वयंको पुनर्संरचना गर्ने, साना तथा मझौला कम्पनीको शेयर कारोबार गर्ने तथा गराउने, नयाँ कारोबारयोग्य औजार ल्याउने, प्रविधिलाई अद्यावधिक गराउनेलगायतको चुनौतीपूर्ण अवस्थाबाट अगाडि बढिरहेको विज्ञप्तिमा उल्लेख छ। ‘समग्र पुँजी बजारको विकास र लगानीकर्ताको हितमा प्रभावकारी कार्य गर्नका लागि पुँजी बजारको विषयमा ज्ञान भएको सक्षम नेतृत्वको खाँचो रहेको संघले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS