IME Life New

अपी पावरले स्थगित गर्यो वार्षिक साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपी पावरले २१ औँ वार्षिक साधारणसभा हाललाई स्थगित गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा र बुक क्लोजको मिति हाललाई स्थगित गरिएको जानकारी गराएको हो।

कम्पनीको वार्षिक साधारणसभा कात्तिक १ गते आयोजना गर्ने निर्णय गरेको थियो। सभा काठमाडौंको गौसालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजेबाट हुने भनिएको थियो।

Esewa
Crest

विद्युत नियमन आयोगले अपी पावरको लाभांश वितरण गर्न नमिल्ने भन्दै अस्वीकृत गरेको थियो। तर, अपी पावरले भने प्रस्तावित लाभांश कानुनसम्म रहेको भन्दै असोज १० गते पुनः आयोगमा पुनरावलोकनका लागि निवेदन पेस गरेको छ। आयोगबाट पुनरावलोकन भई निर्णय आएपछि वार्षिक साधारणसभा र बुक क्लोजको मिति पुनः तय गरिने कम्पनीले जनाएको छ।

यसअघि वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ अपी पावरले आज असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो।

कम्पनीले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका लागि आयोगमा पठाएको थियो। तर, आयोगले वितरण गर्न नमिल्ने भन्दै अस्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS